सिरहा - कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उनका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।

नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए ।

सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए । पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ ।