काठमाडौं - गएरातिको लगातार वर्षासँगैको बाढीले नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने–बर्दघाट खण्डको सडक भाग बगाउँदा यातायात अवरुद्ध भएको छ ।

खुर्साने खोलाको समीप सडकको केही भाग बगाएपछि उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो ।

लामो तथा छोटो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरू बाटोमै अलपत्र परेका छन् ।

नारायणघाट–बुटवल सडक आयोजनाले क्षति भएको स्थानको मर्मत कार्य छिटो सुरू गरिने जानकारी दिएको छ।

यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।