काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि गृहमन्त्री लेखकलाई सुझाव दिदैँ कोइरालाले भने, ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि । त्यसले मोरल स्ट्याटस देखिन्छ ।’