काठमाडौं, बर्दीया - बर्दीयामा आफ्नै छोरीलाई पटक–पटक करणी गर्न खोज्ने बुवा पक्राउ परेका छन् ।

यही असार १८ गते राति १२ः३० बजेको समयमा परिवर्तित नाम ‘राहुल’ ले आफ्नै सहोदर छोरी परिवर्तित नाम ‘सोनिया’ लाई आफ्नै घरको कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार पीडित परिवर्तित नाम ‘सोनिया’ ले यस कार्यालयमा जानकारी दिएको आधारमा निज परिवर्तित नाम ‘राहुल’ लाई पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ।

पक्राउ परेका ती पुरुषले यसअघि पनि पटक–पटक यौन दुर्व्यवहार गर्नुका साथै करणी गर्ने प्रयास समेत गरेको र सो कुरा आफ्नै बुवा भएको कारणले ईज्जतको डरले कोहि कसैलाई नभनेको भनि पीडितले बताएको प्रहरीको भनाइ छ ।