काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं - आजै बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।
तर, उनलाई हाजिरी जमानीमा छाड्न निर्णय भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले अनालइनखबरलाई जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस