जसपाको संघीय परिषद् अध्यक्षमा डा. भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन् ।
सोमबार र मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भएको र उक्त प्रस्ताव सर्वसम्मत पारित हुने पार्टीका एक नेताले बताए ।
स्रोतका अनुसार भट्टराईलाई पार्टी एकतामा गरिएको सहमतिअनुसार अध्यक्षमा चयन गरिएको हाे ।
निर्वाचन आयोगमा दर्ता गर्नुअघि तीनजना अध्यक्ष राख्ने चर्चा चले पनि अन्तिम समयमा भट्टराईको नाममा टिपेक्स लगाएर दर्ता गरिएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका भट्टराई अहिले जसपाका वरिष्ठ नेता मात्रै छन् ।
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।
फेसबुक पेज Like गर्नुहोस