काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारी प्रकरणमा सरकारले बलजफ्ती गरे आफूहरू कठोर बन्न बाध्य हुने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि तत्काल छानबिन नभए आफूहरू कठोर बन्न बाध्य हुने बताए ।

महामन्त्री शर्माले भने, ‘यो बैठकमा निर्धारित कार्यतालिका बमोजिम चलिरहँदा हामीले सुन्यौं त्यहाँ भन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो । तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनुभएको भन्ने सुनेका छौं । प्रमुख प्रतिपक्षको सहमति बेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्तुति (प्रस्ताव) आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहनेछ ।’