सुमना श्रेष्ठको प्रश्न : ऐन, कानून संसदले बनाउने कि संघ संगठनले ?
खबर एक्सप्रेस
१२ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले नेताहरूले राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानुनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको बताएकी छन् ।
शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।
ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न समेत गरिन् ।
ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै उनले थपिन, ‘हामीले विधेयक बनाउने कि संघ संगठनले बनाउने ?’
कानुन बनाउँदै नबनाउने भए गणतन्त्रको के काम ? भन्दै आक्रोस ब्यक्त गरिन् ।’
फेसबुक पेज Like गर्नुहोस