दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं- संघीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ। अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमाअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । यहाँ पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ।
फेसबुक पेज Like गर्नुहोस