काठमाडौं - कोरोना भाईरस (कोभिड –१९) का कारण जोखिममा परेका १ सय ७९ जना नेपाली लिएर शुक्रबार ( आज ) आउने भनिएको उडानवारे अनिश्चिचता  देखिएको छ ।

अति जोखिममा रहको नेपालीहरु लिएर यूएईबाट जहाज शुक्रबार बेलुका ६ बजे नेपाल आउने बताइएको थियो तर अन्तिम समयमा आएर प्रावधिका तयारी पुरा नभएको बताइएको छ । नेपाली दुतावास आबुधावीले प्राविधिक तयारीवारे स्पष्ट पारेको छैन । तर कतिपयले स्वास्थ्य प्राटोकल र यात्रुको टिकट भाडा सम्वन्धी पक्षहरु रहेको बताएका छन् । 

यूएईबाट आउनेहरुलाई नेपाल एयरलाइन्सले ल्याउन पाउनु पर्ने दावी नै गरे पनि यूएईको अवुधावीस्थित नेपाली दुतावासले  उतैबाट नि:शुल्क  टिकटमा एयर अरेबिया या फ्लाई दुवइमा आउने भन्दै सो संबन्धि उडान अनुमति दिन पत्राचार गरेको थियो ।  तर शुक्रवार एयर अरेवियाले टिकटका सम्वन्धमा थप स्पष्टता खोजेको बताइएको छ ।

यस विषयमा आज नोभल कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बसेर निर्णय गरिने श्रोतले बतायो । उता आफ्ना नागरिकको उद्धारका लागि नेपाल जहाज पठाउने म्यानमारले सोही जहाजमा त्यहाँ अलपत्र नेपालीलाई नि:शुल्क टिकट दिएर ल्याइदिने विषयमाभने परिवर्तन नभएको बताईएको छ । 

विदेशी नागरिक पठाउन दवाव दिइरहेको युएईले शुक्रबारदेखि आफ्नै खर्चमा ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने योजना बनाएको  छ । युएईले उडान सूचीसमेत नेपाल सरकारलाई पठाईसकेको बताइएको  छ ।