आज वैकुण्ठ चतुर्दशी, भगवान् शिव र विष्णुको मेल हुने दिन
खबर एक्सप्रेस
२०७९-०७-२१ ०८:३१ मा प्रकाशित
Total Shares: 386
काठमाडौं - कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशी। चतुर्मास अन्त्य हुँदा गर्दाको यो पर्वलाई सनातन धर्मअन्तर्गत वैष्णवअनुयायीले विशेषरूपमा मनाउँछन्।
वैकुण्ठ चतुर्दशीमा भगवान् शिव र विष्णुबीच मेल हुने पुराणमा उल्लेख छ। यसैले यो दिनलाई हरि (विष्णु) र हर (शिव) एक हुने दिन भनिएको छ। यो दिन विशेषगरी भगवान् शिव र विष्णुको विधिपूर्वक पूजाआराधना गर्नाले मृत्युपछि वैकुण्ठलोक प्राप्त हुने बताइएको छ।
वैकुण्ठ चर्तुदशीकै अवसरमा विभिन्न तीर्थस्थलमा विशेष पूजा हुन्छ भने कतिपय स्थानमा मेला लाग्छ। काठमाडौं उपत्यकाका चारनारायणमा पनि हरिबोधिनी एकादशीदेखि मेला लागेको छ। मेला पूर्णिमाका दिन सकिन्छ। यो वर्ष चतुर्मास मंगलबार सकिँदैछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस