एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्विकार गरेका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव दिइरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेको बिबिसीले जनाएको छ ।

सीडीसीले बिरामी, बिरामीको स्याहार गरिरहेकाहरुले मास्क लगाउनु पर्ने बताएको छ ।