बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०१-०१ ०७:०२ मा प्रकाशित
Total Shares: 438
काठमाडौं - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
बितेका २४ घण्टामा ७ सय ३७ जनाको ज्यान गएपछि बेलायतको मृतक संख्या १० हजार नाघेको हो। संक्रमणका कारण बेलायतमा हालसम्म १० हजार ६ सय १२ जनाको ज्यान गइसकेको छ।यसमा अस्पतालबाहिर भएको मृत्यु जोडिएको छैन।
कोरोना संक्रमणबाट मृतक संख्या १० हजार नाघ्ने बेलायत विश्वको पाँचै मुलुक हो।बेलायतमा हालसम्म संक्रमितको संख्या ८४ हजार २ सय ७९ पुगेको छ। युरोपमा बेलायत कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश मध्येको एक हो।
फेसबुक पेज Like गर्नुहोस