काठमाडौं - वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’वुल्भ्सबीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट वर्षाका कारण रद्द भएको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द भएको जानकारी दिएको छ। क्यानले संसोधित तालिका चाँडै प्रकाशन गरिने जानकारी पनि दिएको छ।आयरल्याण्ड वुल्भ्ससँग नेपालको ‘ए’ टिमले टी-२० सिरिज र एकदिवसीय सिरिज खेल्ने तय भएको थियो।

आयरल्याण्ड वुल्भ्सविरूद्ध टी-२० र एकदिवसीय खेल खेल्ने दुवै टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्।