एक्जिम र्बैंक अफ इन्डियाको लगानीमा निर्माण गरिएको लामोसाँघु जिरी सडक पाँच  वर्ष बितिसक्दासमेत सडक  निर्माण सम्पन्न गर्न सकेको छैन । 

ठेकेदार कम्पनीले निर्धारित समयमा काम पूरा गर्न नसक्दा दोलखा र सिन्धुपाल्चोक  जिल्लाको सर्वसाधारणलाई जोखिमपूर्ण यात्रा गर्न बाध्यता परेको छ ।

निर्माण कम्पनीको बदमासीका कारण सडक निर्माण नहुदा सर्वसाधारणलाई काठमाडौं  आउजाउ गर्न ज्यादै  समस्या हुने गरेको छ ।निर्माण कम्पनीको बदमासी र सरोकारवालाहरुको मिलेमतोका कारण करिब एक अर्ब बजेट सकिदा समेत सडक राम्रोसँग बन्न सकेन त्यसमा पनि पानी परेका  बेलात आउजाउ गर्ने अवस्था नै हुँदैन’  पटक पटक दुर्घटना समेत भैरहेको छ ।

सर्वसाधारणहरु विगतमा भएको दुर्घटनाहरु स्मरण गर्दै  जोखिमपूर्ण आउजाउ गरिरहँदा पनि ठेकेदार कम्पनीले सडक  निर्माणमा खासै ध्यान नदिएको गुनासो सर्वसाधारणहरुको छ ।

आफूहरुको चाहना नै हुन्छ सर्वसाधारणलाई गणतव्यसम्म पुर्‍याउने तर सडक राम्रो  नहुँदा बीच बाटोमै अलपत्र छोड्नुपर्ने यातायात व्यावसायिहरु बताउँछन् । ‘जसका कारणले आफूहरुलाई भाडा समेत पूरा दिँदैनन् व्यावसायिहरुको गुनासो छ ।

काठमाडौं बाट दोलखा  सदरमुकाम चरिकोट पुग्न 10 घन्टा सम्म लाग्छ । सान सवारी र माेटर साइकल आवातजावत गर्न कठिन छ ।  निर्माण कम्पनीहरूको लापरबाही तथा सडक विभागलगायत सरोकारवाला निकायको निरीहताका कारण निर्माणाधीन सडकमा आवागमन असहज तथा जोखिमपूर्ण बनेको हो ।

सडक निर्माण कार्यलाई तीव्रता नदिने भौतिक पुर्बधार तथा यातायात मन्त्रालय , सडक विभागका कारण सर्वसाधारण हैरान भएका छन्  ।

लामोसाँघु जिरी सडक आयोजनाका प्रमुख  धर्बेद्र कुमार झा  भने यो सबै निर्माण कम्पनीको बदमासीको कारण भएको बताउँछन् । उनलेे आयोजनाको जिम्मेवारी समालेको पाँच महिना मात्र  भयो ।