एक्जिम र्बैंक अफ इन्डियाको लगानीमा निर्माण गरिएको लामोसाँघु जिरी सडक पाँच वर्ष बितिसक्दासमेत सडक निर्माण सम्पन्न गर्न सकेको छैन ।
ठेकेदार कम्पनीले निर्धारित समयमा काम पूरा गर्न नसक्दा दोलखा र सिन्धुपाल्चोक जिल्लाको सर्वसाधारणलाई जोखिमपूर्ण यात्रा गर्न बाध्यता परेको छ ।
निर्माण कम्पनीको बदमासीका कारण सडक निर्माण नहुदा सर्वसाधारणलाई काठमाडौं आउजाउ गर्न ज्यादै समस्या हुने गरेको छ ।निर्माण कम्पनीको बदमासी र सरोकारवालाहरुको मिलेमतोका कारण करिब एक अर्ब बजेट सकिदा समेत सडक राम्रोसँग बन्न सकेन त्यसमा पनि पानी परेका बेलात आउजाउ गर्ने अवस्था नै हुँदैन’ पटक पटक दुर्घटना समेत भैरहेको छ ।
सर्वसाधारणहरु विगतमा भएको दुर्घटनाहरु स्मरण गर्दै जोखिमपूर्ण आउजाउ गरिरहँदा पनि ठेकेदार कम्पनीले सडक निर्माणमा खासै ध्यान नदिएको गुनासो सर्वसाधारणहरुको छ ।
आफूहरुको चाहना नै हुन्छ सर्वसाधारणलाई गणतव्यसम्म पुर्याउने तर सडक राम्रो नहुँदा बीच बाटोमै अलपत्र छोड्नुपर्ने यातायात व्यावसायिहरु बताउँछन् । ‘जसका कारणले आफूहरुलाई भाडा समेत पूरा दिँदैनन् व्यावसायिहरुको गुनासो छ ।
काठमाडौं बाट दोलखा सदरमुकाम चरिकोट पुग्न 10 घन्टा सम्म लाग्छ । सान सवारी र माेटर साइकल आवातजावत गर्न कठिन छ । निर्माण कम्पनीहरूको लापरबाही तथा सडक विभागलगायत सरोकारवाला निकायको निरीहताका कारण निर्माणाधीन सडकमा आवागमन असहज तथा जोखिमपूर्ण बनेको हो ।
सडक निर्माण कार्यलाई तीव्रता नदिने भौतिक पुर्बधार तथा यातायात मन्त्रालय , सडक विभागका कारण सर्वसाधारण हैरान भएका छन् ।
लामोसाँघु जिरी सडक आयोजनाका प्रमुख धर्बेद्र कुमार झा भने यो सबै निर्माण कम्पनीको बदमासीको कारण भएको बताउँछन् । उनलेे आयोजनाको जिम्मेवारी समालेको पाँच महिना मात्र भयो ।

.gif)



