काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।उनीहरुलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिइएको प्रहरीले जनाकारी दिएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।