बाँकेमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०३-०९ ०७:४८ मा प्रकाशित
Total Shares: 331
काठमाडौं - पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ज्यान गुमाउनेमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका-१२ निवासी ४१ वर्षीय कमलराज लम्साल रहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस