ट्रम्पले लगाए बाइडेनमाथि चुनावी चोरीको आरोप
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका बेला ट्विट गर्दै प्रतिद्वन्दी जे बाइडेनमाथि ‘चुनावी चोरी’को आरोप लगाएका छन् ।
ट्रम्पले ट्विटमा भनेका छन्, ‘म अगाडि छु तर उनी चुनावी परिणाम मसँग चोर्न चाहान्छन् । म यस्तो कदापि हुन दिन्न चुनाव सकिसक्यो अब भोट हाल्न सकिदैन ।’ट्रम्पले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने बताइसकेका छन् । यसअघि बाइडेनले भाषण गर्दै चुनावी परिणाम अमेरिकी जनताले तय गर्ने बताएका थिए ।
चुनावी प्रतिस्पर्धामा बाइडेन र ट्रम्पको कडा प्रतिस्पर्धा देखिएको छ । यो समाचार तयार पार्दासम्म बाइडेनले २२३ इलेक्टोरल मत पाएका छन् भने ट्रम्पका पक्षमा १७४ इलेक्टोरल मत छ।
राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्छ । अमेरिकी निर्वाचनका लागि ५३८ इलेक्टोरल मत छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस