मन्त्रिपरिषद् बैठक सुरु, शिक्षकका माग मुख्य एजेन्डा
खबर एक्सप्रेस
२०८२-०१-०८ ०७:०५ मा प्रकाशित
Total Shares: 68
काठमाडौं-प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बैठकमा जारी शिक्षक आन्दोलनको सम्बोधनका विषयमा छलफल हुने बताइएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले केहीबेर पहिले राजीनामा दिएकी छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा लगातार प्रदर्शन गरिरहेका छन् ।
शिक्षामन्त्री भट्टराईले शिक्षकका माग सम्बोधनका लागि पटकपटक वार्ता गरे पनि निकास निस्कन सकेको थिएन ।
फेसबुक पेज Like गर्नुहोस