भारतको उत्तरप्रदेशमा सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-०५ १२:२२ मा प्रकाशित
Total Shares: 279
काठमाडौं,एजेन्सी - भारतको उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर फर्किएको बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा चालकको समेत मृत्यु भएको छ । प्रहरीका अनुसार जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा हरसम्भव मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस