काठमाडौं - अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख ५० हजार १४१ पुगेको हो ।  जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघेको हो ।

विश्वमा कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा अमेरिका पहिलो हो ।

त्यसैगरी यस संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका र्न पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ५९९ पुगेको छ ।