काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार अपरान्ह ४ः२५ बजे नेपाल टेलिभिजनमार्फत् प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले कोरोना, चाडपर्वलगायतको विषयमा सम्बोधन गर्ने सम्भावना रहेको छ ।