फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता
खबर एक्सप्रेस
२०७७-०८-०१ ११:३४ मा प्रकाशित
Total Shares: 293
काठमाडौं, एजेन्सी - फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।
अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस