काठमाडौं,एजेन्सी - २५ जनवरीमा रिलिज भएको सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म 'पठान'ले एकपछि अर्को रेकर्ड बनाएको छ । 

शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएदेखि नै रेकर्ड तोड्दै आएको छ ।  फिल्मको कलेक्सन दिनप्रतिदिन बढ्दै गएको छ । १५औं दिनमा समेत ठूलो कमाई गरिरहेको छ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको यस फिल्मबाट भाग्य चम्किएको समिक्षकहरु बताउँछन् । 

फिल्मले हालसम्म भारतमा मात्रै ५४४ करोड कमाई गरेको छ । त्यस्तै विश्वभरबाट यस फिल्मले ८७९ करोड कमाई गर्न सफल भएको छ ।