टिकटक स्टार खाबी लेमलाई अमेरिकाबाट निकाल्नुको कारण यस्तो
खबर एक्सप्रेस
२०८२-०२-२८ ०४:२९ मा प्रकाशित
Total Shares: 246
काठमाडौं - टिकटकमा १६ करोडभन्दा बढी फलोअर भएका चर्चित स्टार खाबी लेमलाई अमेरिकाबाट निकालिएको छ । अमेरिकाको अध्यागमन तथा भिसा नियम उल्लंघन गरेको भन्दै उनलाई यूएस इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई) ले हिरासतमा लिएर देश निकाला गरेको हो ।
२५ वर्षीय खाबी लेमलाई जुन ६ मा लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
उनी ३० अप्रिलमा अमेरिका प्रवेश गरेका थिए । तर आफ्नो भिसाको समयसीमा नाघेपछि पनि अमेरिकामै बसेपछि आईसीईले उनलाई ६ जुनमा नियन्त्रणमा लिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस