काठमाडौं-गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएकाे छ ।

सूचनामा भनिएकाे छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ ।