काठमाडौं - स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए ।

रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।