एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमा बल प्रयोग नगर्ने घोषणा गरेका छन् ।

बुधबार स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी अधीनमा ल्याउन बल प्रयोग नगर्ने बताएका हुन्।

‘ग्रिनल्याण्ड लिन हामी बल प्रयोग गर्दैनौं। तर तपाईंहरूले अस्वीकार गरे अरू विकल्पबाट ग्रिनल्याण्ड अमेरिकाले लिन्छ,’ उनले युरोपेली नेताहरू सहभागी भएको कार्यक्रम भने।

ट्रम्पले ग्रिनल्याण्डको सुरक्षाका लागि अमेरिका मात्रै सक्षम भएको पनि बताए ।