स्वीकृत निर्वाचन कार्यतालिका रद्द गरिएको छ : निर्वाचन आयोग
खबर एक्सप्रेस
२०७८-०३-३० ०९:१३ मा प्रकाशित
Total Shares: 305
काठमाडौं - निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ गते भएको आदेशअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ ।
अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने भनी घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट यही असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने घोषणा गरेकामा सर्वोच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस