काठमाडौं - सुडानमा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । उक्त विमान दुघर्टनामा परी १८ जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै विमान दुर्घटनामा परेको थियो ।

हिसांत्मक क्षेत्रमा राहत पुर्याउन उक्त विमानको प्रयोग हुँदै आइरहेको थियो ।

विमान के कति कारणले दुर्घटनामा परेको हो त्योबारे अनुसन्धान सुरु भइसकेको बताइएको छ । सेनाका प्रवक्ता आमेर मोहम्मद अल हसनका अनुसार उक्त विमान दुर्घटनामा परी सात जना चालक दलका सदस्यहरू, तीन जना न्यायाधीश र आठ जना अन्यको ज्यान गएको छ ।