माधव नेपालबिरुद्धको मुद्दा बारे प्रचण्डले भने : अख्तियार क्षेत्राधिकार बाहिर गयो
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार मिचेर पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध मुद्दा दायर गरेको बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा प्रचण्डले यस्तो बताएका हुन् ।
अख्तियारले कुनै पनि प्रधानमन्त्री र मन्त्रिपरिषद्ले गर्ने निर्णय नीतिगत विषय आफ्नो अधिकारको क्षेत्र नभएको बताउँदै उनले भने, ‘ललिता निवास प्रकरण सम्बन्धमा बाबुराम भट्टराई र माधव नेपालको विषयमा जे प्रश्न उठेको थियो यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन त्यो क्याबिनेटले नै गरोस् भनेर अख्तियारले लेखेको चिठी म आफैंले हेरेको छु ।’
तर अहिले त्यही अख्तियार माधवजीले गरेको नीतिगत निर्णयको विषयमा प्रवेश गरेकाले अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस