काठमाडौं - आज देशभर मौसम सामान्यतया बदली रहने भएको छ । आज दिउँसो देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।

महाशाखाका अनुसार हाल अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

महाशाखाले निकाले बुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा हाल औसत स्थानको आसपासमा रहेको छ । साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ ।