भारतीय पत्रकार अर्णव गोश्वामी पक्राउ
काठमाडौं - नेपाल विरुद्ध शृंखलावद्धरुपमा अभियान चलाउंदै आएका विवादास्पद भारतीय पत्रकार अर्णव गोश्वामी गिरफ्तार भएका छन् ।
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणकै दिन गोश्वामीको गिरफ्तारी हुनुलाई अर्थपूर्णरुपमा लिइएको छ । यद्धपी गोश्वामीको गिरफ्तारी नेपालसंगको विषयमा नभई उनले भारतमा फैलाइरहेको तथ्यहिन र अतिरंजित समाचारहरुको विषयलाई लिएर भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । सन् २०१८ मा भएको अन्भय नाइक र उनकी आमा कुमुद नाइकको हत्या सम्वन्धि अभियोगमा उनलाई गिरफ्तार गरिएको हो ।
मुम्वईको आफ्नै निवासबाट गोश्वामी केही बेर अघि पक्राउ परेका हुन् । रिपलिब्क टिभीका मालिक गोश्वामीले भारतीय जनतापार्टी वाहेकका अरु पार्टीहरुको विरुद्ध सृंखलावद्धरुपमा अभियान चलाउंदै आएका छन् । साथै हिन्दूहरुलाई मुस्लिम समुदायको विरुद्ध उचाल्ने गरि सामाग्रि पन उनले दिने गरेका छन् ।
त्यस्तै नेपाल, पाकिस्तान लगायतका भारतका छिमेकी देशहरुको बारेमा पनि हुंदै नभएका अनर्गल सामाग्रिहरु प्रशारण गर्दै भ्रम फैलाउने काममा पनि गोश्वामी सक्रिय रहंदै आएका छन् । केही समय अगाडि उक्त टेलिभिजनले प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूतको विषयलाई लिएर अतिरंजित सामाग्रिहरु प्रशारण गरेपछि नेपाल सरकारले कैंयौं महिनासम्म भारतीय समाचार च्यानलहरुको प्रशारणमा रोक लगाएको थियो ।
यद्धपी गोश्वामीको गिरफ्तारी नेपालसंग सम्वन्धित विषयमा नभए पनि सेना प्रमुखको भ्रमणकै दिन हुनुले भारतमा नेपाल विरुद्ध प्रचार प्रसार हुन नदिने अडानको रुपमा नरभानेले नेपाली नेताहरुलाई आश्वस्त बनाउने प्रयासको रुपमा लिइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस