तीन शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहीन
काठमाडौं - संसद्को गतिरोध हल गर्ने विषयमा बसेको शीर्ष नेताहरूबीचको बैठक निष्कर्षविहीन बनेको छ ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
उनीहरुबीच सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसको थियो ।
छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा नभएर सदन खोलेर अघि बढ्ने प्रस्ताव राखेका थिए । तर प्रमुख प्रतिपक्ष दलले भने गृहमन्त्रीको राजीनामाको अडान यथावत् राखेका छन् ।
माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान राखेका छन् । मङ्गलबार संसद् बैठक बस्दैछ ।
उनले फेसबुकमा पोस्टरसँगै लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’
आजै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस