लोक सेवा आयोगको परीक्षा स्थगित
काठमाडौं - लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको आयोगका उपसचिव एक नारायण शर्माले जानकारी दिएका छन् ।
‘संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्य नजर गरी हाललाई मिति २०७६ चैत ८ गते २०७६ चैतमसान्तसम्म आयोगद्वारा सञ्चालन हुने गरी पूर्वनिर्धारीत निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’ उपसचिव शर्माद्वारा प्रकाशित सूचनामा भनिएको छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयले पनि चैत महिनाभित्रमा सञ्चालन गरिने सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
सूचनाः
फेसबुक पेज Like गर्नुहोस