काठमाडौं-इजरायल र हमासबीचको युद्धमा परेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएका संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएका हुन् ।

नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको बताइएको छ । घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । उनको अवस्थामा भने सामान्य रहेको बताइएको छ ।

संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिए ।

हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको बताइएको छ । गाजा क्षेत्रमा इजरायल र हमासबीच युद्ध जारी छ ।