एमालेले पार्टी सदस्यता साढे पाँचबाट साढे सात लाख पुर्याउने
काठमाडौं - नेकपा एमालेले पार्टीको सदस्य सात लाख ५० हजार पुर्याउने जनाएको छ ।
आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या बढाउने बताएको हो ।
एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले बताएका छन् ।
उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएको उनले बताए ।
सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।
फेसबुक पेज Like गर्नुहोस