काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार लिप्त रहेको आरोप लगाएका छन् ।

राजधानीको शान्ति वाटिकावाट सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका हुन् । ‘यो सरकार भ्रष्टचारमा डबिसकेको छ’ उनले भने,‘कम्युनिस्ट अधिनायकवादी सर्वसत्तावादमा भ्रष्टाचार मात्र देखिएको छ । कम्युनिष्ट पार्टीका नेताहरूले भनिसके, सचिवालयका बहुमत नेताले भनेका छन् - यो सरकार भ्रष्टाचारी हो ।’

पौडेलले प्रधानमन्त्री कार्यालय सबैभन्दा धेरै भ्रष्ट रहेको पनि आरोप लगाएका छन् । ‘प्रधानमन्त्री कार्यालय सबैभन्दा धेरै भ्रष्ट रहेको छ। सबै अधिकार आफैमा केन्द्रित गरेर भ्रष्टाचार गरेको हो’ उनले भने ।

तनहुँमा केहीदिन अघि पुल उद्घाटन गर्ने क्रममा आफूमाथि भएको अवरोधलाई लक्षित गर्दै नेता पौडेलले पञ्चायतमा रुख रोप्दा तत्कालीन सत्ताले टाउको फुटाउने गरेको र अहिले कम्युनिष्ट शासनमा पूल बनाउँदा करङ् भाँचिएको बताएका छन् । ‘निर्दलीय पञ्चायती व्यवस्थामा रूख रोप्दा टाउको फुट्थ्यो । कम्युनिष्टको शासनमा पुल बनाउँदा करङ भाँचियो’ उनले भने ।