काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताएका छन्। आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु। मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘सम्बन्ध नयाँ उचाइमा पुर्याउन चाहन्छु। समानताका आधारमा मनदेखिको मित्रता हुने हो।’
प्रधानमन्त्री ओलीले कसैलाई राष्ट्रवादका ठूला कुरा नगर्न पनि आग्रह गरेका छन्।

.gif)



