बिहारमा नितिशकुमार-बिजेपी गठबन्धनलाई बहुमत
काठमाडौं,एजेन्सी - बिहार विधानसभा निर्वाचनमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले १ सय २५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ।
यस्तै, उनीहरूलाई कडा टक्कर दिएको लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिट प्राप्त गरेको छ।
महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा विजयी हुँदै बिहारको सबैभन्दा ठूलो पार्टी बनेको छ । एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी (भाजपा)ले ७४ सिट जितेको छ ।
यस चुनावमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जदयु)को प्रदर्शन धेरै उत्साहित हुने खालको रहेन । सन् २०१५ मा ७१ सिट जितेको जदयुले यस पटक भने ४३ सिटमा मात्र चित्त बुझाएको छ ।
यसैगरी सन् २०१५ मा २७ सिट जितेको कांग्रेसले यस पटक १९ सिटमा सिमित भएको छ ।
सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले राम्रो नतिजा हात पार्दै ५ सिट जितेको छ । जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दशक बिहारको हुने र त्यसको लक्ष्य आत्मनिर्भर बिहार हुने बताएका छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस