रास्वपा कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी
काठमाडौं - प्रतिनिधिसभा सदस्य समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
सोमबार साम्पाङले सुनिता खड्का नाम गरेकी एक महिलाविरूद्ध उजुरी दिएका हुन्। खड्का रास्वपा समर्थक रहेको उनले उजुरीमा उल्लेख गरेका छन्।
उनले उजुरीमा भनेका छन्–‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानूनी कारबाही चलाउन अनुरोध गर्दछु ।’
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत साइबर ब्यूरोमा उजुरी गरेको जानकारी गराएका छन् । साम्पाङले ती महिलाको टिकटक आइडी समेत समावेश गरेका छन्।
उनले ‘कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले ? भन्दै प्रश्न पनि गरेका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस