काठमाडौं, सुर्खेत - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले ध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन् ।

सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए । ‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग नि:स्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’

एमसीसी पास गर्ने अधिकार जनतामा रहेको र त्यो विषयमा जनतामा लैजानु पर्ने अध्यक्ष नेपालकाे भनाई छ । ‘एमसीसी नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययनन गर्न आवस्यक छ । पारित गर्ने र नगर्ने अधिकार जनतालाई दिनुपर्छ । यदी ठीक छ भने ठीक छ । छैन भने अल्मलाइरहनु हुँदैन । ’ उनले भने ।