काठमाडौं - सामाजिक सञ्जालमा सक्रिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गरेको एउटा ट्वीटले धेरैलाई अचम्मित बनाएको छ ।
हरेकजसो सामाजिक सञ्जालमा लोकप्रिय रहेमा मोदीले सोमबार ट्वीट गर्दै आउँदो आइतबारदेखि सामाजिक सञ्जाल नचलाउने संकेत गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल छोड्नेबारेमा ‘सोचिरहेको’ बताएका मात्र छन्, छाड्ने नै भने भनेका छैनन्।
मोदीले ट्वीटमा लेखेका छन्, ‘यो आइतबार मेरो फेसबुक, ट्विटर, इन्स्टाग्राम र युट्युब एकाउन्टबाट अलग्गिनेबारेमा सोचिरहेको छु। यसका बारेमा तपाईँहरुलाई जानकारी गराउनेछु।’ यो समाचार तयार पार्दासम्म मोदीको यो ट्वीट १४ हजारभन्दा बढी रिट्वीट भएको छ भने २५ हजारभन्दा बढी रिप्लाई आएको छ।
मोदीले आइतबारदेखि सामाजिक सञ्जाल नचलाउने
खबर एक्सप्रेस
फाल्गुन २०, २०७६
५८१


.gif)

