काठमाडौं, एजेन्सी - पश्चिम एशियामा जारी द्धन्द्धकाे २० औं दिनमा पनि इरानी सेनाले कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा मिसाइल आक्रमण गर्दा ठूलो क्षति पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जहाँ विश्वकै सबै भन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको समेत जनाएका हुन् । कतारको ऊर्जा कम्पनी कतार इनर्जीले बुधबार राति उद्योगमा आगलागी भएको जनाएकाे छ। यद्यपि मानवीय क्षति भने नभएको बताइएकाे छ । कतार सरकारले इरानी दूतावासका दुई उच्च अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। यसलाई “क्षेत्रीय स्थिरतामा प्रत्यक्ष खतरा” भनिएकाे छ । यूएई र साउदी अरबमा पनि ऊर्जा पूर्वाधारमाथि आक्रमणको प्रयास भएको थियो । तर सबै मिसाइल र ड्रोनहरू नष्ट गरिएको बीबीसीले जनाएको छ ।

साेही आक्रमणा इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा भएको आक्रमणको प्रतिशोधको रूपमा भएको खबरमा उल्लेख गरिएकाे छ। दक्षिण पार्स र कतारको नर्थ फिल्ड संयुक्त रूपमा विश्वकै सबै भन्दा ठूलो ग्यास क्षेत्रका रूपमा परिचित छन् । विज्ञहरुले यो घटनाले मध्यपूर्वमा ऊर्जा आपूर्तिको जोखिम बढाउने तथा तेल र ग्यासका मूल्यमा अनिश्चितता सिर्जना गर्ने चेतावनी दिएका छन् । साेही आक्रमणपछि कतारले सुरक्षा सतर्कता बढाएको छ ।