राजावादीहरुको बैठक बस्दै, नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने
खबर एक्सप्रेस
२०८२-०२-२२ १२:४९ मा प्रकाशित
Total Shares: 13
काठमाडौं-राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले बैठक बोलाएको छ ।
समितिले आज दिउँसो २ बजे बैठक बसेर अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने तयारी गरेको छ ।
समितिका संयोजक नवराज सुवेदीका अनुसार नवदूर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको छ ।
बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमको तयारीबारे छलफल हुनेछ ।
पहिलो चरणको आन्दोलन उत्साहजनक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको समितिले जनाएको ।
फेसबुक पेज Like गर्नुहोस