काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधिसभा बैठक बोलाउन माग गरेका छन्।
बिहिबार दिउँसो सिंहदरबार पुगेको जसपा नेताहरुले संसद जीवितै रहेको भन्दै बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पनि रिट परेको छ।
छलफलमा सभामुख सापकोटासहित भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्ण सहभागि थिए ।

.gif)



