जन्मका आधारमा नागरिकता दिने आदेशमा ट्रम्पलाई अदालतको झड्का
खबर एक्सप्रेस
२०८१-१०-११ ०८:३० मा प्रकाशित
Total Shares: 166
काठमाडौं - जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले रोक लगाएको छ।
अमेरिकाको सिएटलस्थित संघीय अदालतका न्यायाधीशले यो आदेश पूर्ण रूपमा असंवैधानिक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।
अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गरेका थिए ।
तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ देखि लागु हुने निर्णयमा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस