काठमाडौं - माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षामा सहभागी हुनेछन् । गत वर्ष कोरोना महामारीका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो । बोर्डले कक्षा १२ को परीक्षा पनि जेठमा गर्ने तयारी गरेको छ ।