काठमाडौं - बिमा समितिले कोरोना बिमाको मापदण्ड परिवर्तन गरेको छ । परिवर्तित मापदण्डअनुसार अब एक लाख रुपैयाँको कोरोना बिमा गर्नेले २५ प्रतिशत मात्र दावी भुक्तानी पाउनेछन् ।

अस्पतालको रिपोर्ट अनिवार्य प्रस्तुत गरेपछि शुरुमा आइसोलेसन बस्दा प्राप्त गरेको २५ हजार रुपैयाँसहित ७५ हजार रुपैयाँसम्मको लागि स्वास्थ्य बिमा पाउनेछन् ।

बिमा समितिले योभन्दा अगाडि जारी गरेको मापदण्डमा एक लाख रुपैयाँको बिमा गर्दा एक लाख रुपैयाँ नै दाबी पाउने व्यवस्था गरेको थियो । अहिले यो मापदण्ड परिवर्तन गर्दे २५ प्रतिशत मात्र भुक्तानी पाउने निर्णय बिमा समितिले गरेको हो ।