नेकपा सचिवालय बैठक सम्पन्न:ओलीद्वारा राजनीतिक प्रतिवेदन पेश, अर्को बैठक मंसिर १६ गते बस्ने
खबर एक्सप्रेस
२०७७-०८-१३ ०३:२९ मा प्रकाशित
Total Shares: 306
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे सुरु भएको बैठक ३ बजे सम्पन्न भएको हो ।
अर्को बैठक मंगलबार अर्थात् मंसिर १६ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले लिखित रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रतिवेदनलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रतिवेदनको जवाफको रुपमा व्याख्या गरिएको छ । प्रचण्डको प्रतिवेदनलाई ओलीले आरोप पत्रको संज्ञा दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस